दिन महिना बित्यो बित्नेछ साल पनि ।
हेर्दै जवानी लाग्यो बुढेस काल पनि ।।
फुल्यो कपाल सेतै हरायो रस रङ्ग ।
आँखा कम्जोर फुस्रो चौरियो गाल पनि ।
हुनु नहुनु भयो दायित्व पुरा गर्दा ।
चुड्यो बलियो आँट उध्रियो खाल पनि ।।
खेदो खनेर मेरो केकेन गर्छु भन्थ्यौ ।।
देखें हजुर तिम्रो सप्रेको चाल पनि ।।
फर्की पछाडि हेर्छु खाडल ताल पनि ।।