के गरौ खै के भनौ, दोधार मा छ जिन्दगी !
जिवन र मृत्यु को, सँघार मा छ जिन्दगी !
खेल रै'छ पिरती, खेल्ने पैसा को आड मा,
कोही भन जित मा, या हार मा छ जिन्दगी ?
(के गरौ खै के भनौ, दोधार मा छ जिन्दगी !)
रोउ भने सक्दिन, डाँको छोडी म बेस्सरी,
हाँसौ भने धारिलो, तरवार मा छ जिन्दगी !
(के गरौ खै के भनौ, दोधार मा छ जिन्दगी !)
रंग-रुप कस्तो छ, बनोट यस्को कस्तो छ ?
गोलो छ या चेप्टो कुन्, आकार मा छ जिन्दगी ?
(के गरौ खै के भनौ, दोधार मा छ जिन्दगी !)
फेरी किन माया कै, संसार मा छ जिन्दगी ?
(के गरौ खै के भनौ, दोधार मा छ जिन्दगी !)
एकै झिल्को आगो नै, काफी छ बाल्न देह यो,
आज यँहा भोली त, अंगार मा छ जिन्दगी !
((के गरौ खै के भनौ, दोधार मा छ जिन्दगी !
जिवन र मृत्यु को, सँघार मा छ जिन्दगी !))