दोष जती मेरो सिरमा चुलाउन न खोज भो ।
गाँठीकुरो खोले हुन्छ झुलाउन न खोज भो ।
देखाएर सप्नाहरू जीवनको फूल फूलाउने ।
काँडा यता अन्तै फूल फूलाउन न खोज भो ।
मीठा मीठा बात संगै रात सधै हाम्रो हुन्थ्यो ।
खुसी हरू पीड़ा माझ, घुलाउन न खोज भो ।
कति दिन टिक्छ वैस? झरेपछि थाहा हुन्छ ।
अघि-पछि हजारौंलाई डूलाउन न खोज भो ।
दरिलै थे हात गोडा, लूलाउन न खोज भो ।