ल त सरकार बन्ने भएछ,
भाकाको फेरि घरबार बन्ने भएछ ।
काठमाण्डुको छातीमाथि दुईचार
अझै दरबार बन्ने भएछ ।
उहि हातमा त रहने हो सत्ता आखिर,
बोदे खुकुरी तरबाल बन्ने भएछ ।
बाउन्न झ्याले श्रापित महल
अब भण्डार बन्ने भएछ ।
सिद्राको नासो ढाडे बिरालो
फेरि पहरेदार बन्ने भएछ ।
अर्को बाजार बन्ने भएछ ।