आफ्नै बिचार सेरेर बसियो
दुईचार गजल केरेर बसियो
जब देश मिचे बिदेशिले
स्वास्निको गुन्यु बेरेर बसियो
बुद्दको शान्ती लीलामी भयो
आफु चै मुन्टो फेरेर बसियो
बनेन देश दोश कसलाई दिनु
रमिता लौ सधैं हेरेर बसियो
“अनुभव” रुन्थेन परदेशमा आज
आमाको कुरा कहाँ टेरेर बसियो!?
आफ्नै बिचार सेरेर बसियो
दुई चार गजल केरेर बसियो