दुइ दिने जीन्दगानी हामी बाँचौ है मिलेर काली !
आज यो साँझ कति रंगिन नाचौ है मिलेर काली !!
जल्दै छन् प्रेमका दियो कति शान्त छ आभास !
हाम्रो माया सँधैभरि यसरि साँचौ है मिलेर काली !!
ढल्दै छन् साँझका तृष्णा रात बित्छ तिम्रै साथमा !
साथ रहोस सँधैभरि यसरि न भाँचौ है मिलेर काली !!
माया मेरा मनमा छाँया तिम्रा तनमा सँधै रहोस है !
कथा रहोस संधैभरी यसरि न जाँचौ है मिलेर काली !!