दुई खोलिको दोभानमा छुटिएको यादले सतायो मलाई
तिम्रै मायाले हुनुपर्छ शरीरिर सुकेर घटायो मलाई ॥
रुमाल भित्र लुकाएर दिएको फुल्लाई समाली रहँदा
स्वप्न बनेर जिसकायो हटाएर निद्रानै ततायो मलाई॥
त्यहि बितेका क्षणलाई भुलाएर चटक्क विर्सन नसक्दा
टाढा मबाट भएरनै गएपनि अतितले लतायो मलाई ॥
मैले तिम्लाई धेरै-धेरै मायाहरू गर्दछु भनेर भन्दानि
किन छोडेर अर्कैसँग रमाउदै गएछौ हटाई मलाई ॥
जाँदा भनेर गाकोभए हुने थियो नभनी घतायौ मलाई॥