दु:खसँग लड्न सिक कायर भई हार नमान ।
सुखसँग दुइ-दिन बाच्दा कहिल्यै नी घार नमान ।।
खुशी सधैं आफ्नो हुन्न पहिरो झै खस्छ हजुर ।
पल भर को हासो पाउदा जिन्दगीको सार नमान ।।
सङ्गै बग्ने दुई किनारा भङ्गलोमा छुट्छ हजुर ।
कर्म खोटो भयो भन्दै बिधाता को मार नमान ।।
शिखर सधैं चुम्न खोज्दा हुन्छन यहाँ खोस्नेहरु ।
तीम्रो बाटो छेक्यो भन्दै तगारो को बार नमान ।।
समयले छल मा पर्दा भाग्य रेट्ने धार नमान ।।