दुख्दैछ मुटु छातीमा कुटी गजल लेख्दैछु ।
पिडाको मात्रा घटाई जुटी गजल लेख्दैछु ।
दुखेको मेरो दर्दको कथा कसले बुझ्ला र ?
सर्वस्व भन्नु उसैले लुटी गजल लेख्दैछु ।
देखाई छोड़ी स्वर्गकै सप्ना जलाई सबैनै ।
सपना मेरा गै'हाली भूटी गजल लेख्दैछु ।
दुनिया बोल्छ उनकै बारे फालिछे इज्जेत ।
उ भने सती सावित्रि खुट्टी गजल लेख्दैछु ।
भाग्यनै मेरो गएछ फूटी गजल लेख्दैछु ।