डूल्दैछौ की बन-पाखा पटुकी कसी तिमी ।
मेला-पातमा खाई न खाई घुंडा धसी तिमी ।
चखेवाको जोड़ी झैं हाम्रो साथ छूट्दैनथ्यो ।
रुदैछौकी भंज्यांगको चौतारीमा बसी तिमी ।
सम्झनाले सताऊँदा, मनको बह पोख्दैछु ।
पानामा दुई-चार शेर कलमको मसि तिमी ।
कस्तो कर्म लेख्यौ दैव सधै टाढा हुनु पर्ने ।
सोच्न बाध्य भयौकी पीड़ा भित्र फसी तिमी ।
बन्दैनौ त छुटेकालाई जुटाउने रसी तिमी?