दुश्मनको चौं घेरामा परेपछि थाह पाए,
निर्दयिले सबै कुरा हरेपछि थाह पाए ।
गाँस बाँस केही नभा दु:खि गरीब निर्धामाथि
अन्याय र अत्याचार गरे पछि थाह पाए ।
सुराकी हौ मार्छौ भनि यातना त्यो दिदाँ दिदै,
त्यसै माथि तुच्छ दागा धरेपछि थाह पाए ।
रुदै होलान् बालबच्चा आमा बाबा भन्दै गाँउमा,
मारे बरु मर्थे बेला टरेपछि थाह पाए ।
अन्याय र अत्याचारको बिरुद्धमा लड्दा लड्दै,
शान्ति देउन आमा भन्दै मरेपछि थाह पाए ।