ए ! बैगुनी मेरो मन रुवाएर के पायौ
अंश्रुको यो पोखरीमा डुबाएर के पायौ ।
कति साह्रै निर्दयी त्यो तिम्रो दिल पनि हँ
मेरो मुटु भित्र काँडा छुवाएर के पायौ ।
किन गर्छौ पश्चाताप भूल गरि सके'छी
आखेरिमा मलाई नै कुवाएर के पायौ ।
सर्वश्रेष्ठ प्राणी हामी सोंच्नु पर्थ्यो नि
पियुषको साटो बिष खुवाएर के पायौ ।