ए दाई! देशको कुरा गर्दै नगर !!
यो परिबेशको कुरा गर्दै नगर !!
हात्तिको देखाउने दाँत जस्तै भो
फेरी मधेसको कुरा गर्दै नगर !!
भोगेकै हो दश-दश बर्ष ज्यादती
तिमि निमेशको कुरा गर्दै नगर !!
फरक छैन माल्दाई यो, त्यो, ऊ, अहँ !
चोट र ठेसको कुरा गर्दै नगर !!
छोरो भाई गावै साखाप भा'छ मेरो
फेरी नि ! हरेसको कुरा गर्दै नगर !!
फुल्या यो केसको कुरा गर्दै नगर !!