सपनीमा विपनीमा गजल लेखि रहे!
दुइ चार हरफ लेख्दै मेटी रहें!!
मुर्धन्य गजलाकार बन्ने सघन मनोकांक्षा,
जतन गरि काखी चेपि रहें!
कोर्छु पढ्छु मेटाउछु कति वेहिसाव,
एक पछी अर्को शव्द फेरी रहें!
पढ्दा सुन्दा मिठास स्वर्ण प्रिय,
अमुर्त शव्दसंग पिंग खेली रहें!
गजलिय शव्द जालमा जेली रहें!
एक अर्को क्षंद थप्न गजलमा,
वेसुमार दवाव मगजमा पेली रहें!
गाह्रो रैछ काफियाको मिलान गर्न,
यो विधादेखी धरो धर्म चेती सके!!!