एकैछाक खाँदापनि अघाउने तै जोगी हो
रातैभरी पंचधुनी जगाउने तै जोगी हो।
सांसारिक मायाँमोह भोगविलास गुमाएर
शिरपाउ गेरुबस्त्र लगाउने तै जोगी हो ।
शंख फुक्दै रातीराती दशघर डुल्दै हिंडी
भुतप्रेत किचकन्या भगाउने तै जोगी हो।
भन्छन कोही सयौंघर डुलीआ'को भिक्षाबाट
भट्टी पुगी जाँडरक्सी मगाउने तै जोगी हो ।
करुणाका खोलाहरु बगाउने तै जोगी हो ।