फगत् यौटा इच्छा अझै, पालेको छु मन भित्र !
भरोसा को दियो अझै, बालेको छु मन भित्र !
पिरती र युद्ध बिच, सबै जाहेज हुन्छ्न् भने,
झेल गरी तिम्रो गोटि, चालेको छु मन भित्र !
(भरोसा को दियो अझै, बालेको छु मन भित्र !)
एकान्त मा बलिन्द्र यि, झरी दिंदा अश्रु हरु,
ज्वाला सरी चोट हरु, गालेको छु मन भित्र !
(भरोसा को दियो अझै, बालेको छु मन भित्र !)
मेरो भाग खुशी सबै, सुम्पिएर तिमी लाई,
दु:ख-पिडा पोको पारि, हालेको छु मन भित्र !
(भरोसा को दियो अझै, बालेको छु मन भित्र !)
चित्र तिम्रो मुर्ती माझ, ढालेको छु मन भित्र !
(फगत् यौटा इच्छा अझै, पालेको छु मन भित्र !
भरोसा को दियो अझै, बालेको छु मन भित्र !)