फक्रेको त्यो फूल अब झर्नैपर्ने माग थियो
आन्दोलनको शहीदभै मर्नैपर्ने माग थियो ।।
नमरुं त देश हार्छ मरु आफ्नो घर शुन्य
दुईमध्ये एउटा कुरा गर्नैपर्ने माग थियो ।।
तयार छु मृत्यु लिन यदि देश बन्छ भने
गरिबी र बेरोजगारी टर्नैपर्ने माग थियो ।।
चढाउ मलाई शुलीमाथि तर नेता ख्याल गर
बिकाशको लहर यहाँ छर्नैपर्ने माग थियो ।।
कर्णालीका भोका पेट भर्नैपर्ने माग थियो ।।