बोल्न जाने पिठो पनि बिक्छ अरे भन्थे बा' ले !
धन हुनेकै राज्य मात्र टिक्छ अरे भन्थे बा' ले !
नसुम्पेस है आफ्नो मुटु, पराइ को विश्वास गरि,
मौका मिले तेरै मुटु झिक्छ अरे भन्थे बा' ले !
कर्म गरेस् मिहिनेत गरेस्, फल को आशा नगरेस है,
पाए बेश भो, नपाए नि ठिक छ अरे भन्थे बा' ले !
नगरेस है घमण्ड 'प्रखर', मै हु जान्ने नभनेस है,
फलेको त्यो डाली झुक्न सिक्छ अरे भन्थे बा' ले !