फर्की आउछु भनी मलाई ढाँटी गयौ निष्ठुरी!
मिलनको आसा देखाई टाढी गयौ निष्ठुरी!
म बिना तिमी एकपल बाँच्ने छैन भन्थ्यौ?
आफु उम्की मलाई भने गाडी गयौ निष्ठुरी!
हलचल नै मच्चाएर जिवनमा मेरो तिम्ले!
उथलपुथल जिन्दगी नै पारी गयौ निष्ठुरी!
माया गरें तिमीलाई धोका मैले पाउनु रै'छ!
चितामा यो ज्यान ज्युँदै बाली गयौ निष्ठुरी!
भौतिक सुख पाउने छैन जानी गयौ निष्ठुरी!