फाट्नेछ एक दिन कालो रात आमा ।
टर्नेछ राहु ग्रह साढे सात आमा ।।
खपेर सारा दु:ख सही जन्म दियौ ।
समाती हिंड्न सिकें तिम्रो हात आमा ।।
बनेर त्यागी जन्म घर भुली उता ।
बनायौं कर्म घर सारी जात आमा ।।
बात्सल्य गाह्रा विर्सी जाने पापी हुन ।
ममता हुन्न सुकी झर्ने पात आमा ।।
पुर्नेछु तिम्रो चोट घाऊ खात आमा ।।
हजार रुप नाम गौरी लक्ष्मी देवी ।
लिनेछु नाम तिम्रो बात बात आमा ।।