फेरि आज उस्ले भन्यो, एई मेरी सानी
कुटी हाम्रो दरबार, हामी राजा रानी
जब उ जिस्किन्छ, रिसाएर आँखा तर्छु
मस्किएर भन्न थाल्छ,साह्रै राम्रो बानी
तिम्रो लागि जे नि गर्छु,परे मरिदिन्छु
लिउ भन्छ हाँसो खुसी, तिमी छानी छानी
मरि लानु के नै छ र, लाउँ आजै माया
दुईदिने जिन्दगानी, कर्कलाको पानी
तिमी 'बिना' एक पल् नि, बाँच्न गाह्रो हुन्छ
सजाएर राख्छु भन्छ, आखाँभित्र नानी