फेरिएछन बस्तिका चोक अनी गल्लिहरु
कोरली भइसकेछन हिजोका चल्लिहरु
समयको मागसगै फेरिएछन सबै
मुठामुठा भएछन बिचारका कल्लिहरु
धेरै पर पुगेकाथे वर बस्न नसकेर
आज वरै आएछन ति हिजोका पल्लिहरु
बस्तिनै बिग्रेकोथ्यो त्यस्ताको सङ्गतले
आज धेरै सप्रिएछन हिजोका झल्लिहरु
धेरै माथि पो आएछन त हिजोका तल्लीहरु