फूल झैं बास्ना छर्नु मधु झैं मिठास घोल्नुस ।
गहना हो मानिसको सुमधुर बचन बोल्नुस ।
बस्न पाए थ्याच्च र बोल्न पाए प्याच्च अरे ।
जो सँग जून सभामा बोल्दा खेरी तोल्नुस ।
शेवा गरे मेवा मिल्छ श्रद्धा गरे देवा भन्छन ।
भगवान मानी आमा बाउको पाऊ मोल्नुस ।
दुःख राखे मनमा भारी लाग्छ जीवनई यो ।
सबै माँझ हजुरका मनका कुरा खोल्नुस ।
माया मोह राखी मनमा सबै ईर्ष्या पोल्नुस ।