फूलले पनी बिझाई रह्यो काँडाको के कुरा!
ओझल पर्छ्यौ समीप बाटै डाँडाको के कुरा!
योवन छँदै हाँस्दै र खेल्दै पिरतीमा रमाऔं!
आजकै दिन मर्नेपो हौंकी ठाँडाको के कुरा!
अस्तित्व छैन नेपाली तिम्रो स्वामित्व नेताकै!
ईज्जतै छैन खुस्कियो धोती नाँडाको के कुरा!
बढेको देख्छु लुट्नेको ताँती देशमा त्यो हाम्रो!
सबैमा बोझ बन्दैछ तन्त्र घाँडाको के कुरा!
बाध्यता भयो पर्देशै बस्ने देशमा महँगी!
पाखुरा भाका भोकै छ लूला गाँडाको के कुरा!