फुलेको गुलाबले डसेको याद छ केवल ।।
चाँदनि आँचलमा खसेको याद छ केवल ।।
संगम दोभानको कसरी अलग भयो ?
छातिमै छुराले धसेको याद छ केवल ।।
ढुक्ढुकी चल्दै थियो,सायद ज्यान ढल्दै थियो,
बाँस् माथि बरियोले कसेको याद छ केवल ।।
कसरी पुरियोथ्यो माटोको खण्डहर ?
हो सत्य.! त्यहाँ भित्र पसेको याद छ केवल ।।
ज्युदै त्यो खाडलमा फसेको याद छ केवल ।।