फुल्न खोज्दै कोपिलामा, मर्न लागे फुल हरु ।
तर्न नपाई नै लगाए का, झर्न लागे पुल हरु ।।
पर्खि बसे एकान्त मा, आउछु भनी नआउदा ।
मन भरी नै सजाए का, खस्न लागे तुल हरु ।।
न्यानो स्पर्श को कसिलो, त्यो अङ्गालो मा ।
रम्न नपाई माया का, सुक्न लागे मुल हरु ।।
हुन्छ भन्दै तीमि ले नै, मुटु मेरो टुक्र्याउदा ।
मलाई हेरी जता ततै, हास्न लागे हुल हरु ।।
ब्यर्थ भयो प्रेम गर्नु, सोच्न लागे भुल हरु ।।