फूल्न त फुलियो नि फल्न सकिएन हजूर ।
स्वार्थी भई अरु सँगै ढल्न सकिएन हजूर ।
आफ्नो दुनो सोझाउनलाई औँला बंग्याएर ।
दुनियाको आँखा नि छल्न सकिएन हजूर ।
मौक़ा र अवसर त मैले कती पाएँ पाएँ खै ।
मानवता बोकी आएँ गल्न सकिएन हजूर ।
गजल लेखी यही बाट, शान्ति फैलाउनेछू ।
तर छाती खुसीले त मल्न सकिएन हजूर ।
शान्तिको ज्योति भै जल्न सकिएन हजूर ।