गालि गर्दै सधै आमा ईज्जत फालि भन्छिन्,
राति पनि नभने रै हिड्न थालि भन्छिन् ।
जमनाले कोल्टे फेरयो बोल्ने हैन भन्दा,
अब कुलकै नाक काट्न पाईला चालि भन्छिन् ।
दोहरी र डिस्को जान्छु भन्दा आमा रुदै,
कुरा काट्छ समाजले बज्ला ताली भन्छिन् ।
बिश्वास त कस्को गर्नु घाति चिनिदैन,
राम्रो बोल्ने मान्छे पनि हुन्छन् जाली भन्छिन् ।
नसताउन मेरी छोरी खोजि राम्रो केटो,
बुझाईदिन्छु मसिंरमा पर्खि कालि भन्छिन् ।