गहुँ गोरी तिमीलाई काली भन्दै छेँडे ।
कुबाटोमा पाईला त्यो चाली भन्दै छेँडे ।।
आधुनिक भई हिँड्ने रहर कस्को हुँदैन ।
नपुग्ने सपनाहरु पाली भन्दै छेँडे ।।
कति सम्म सताउँछन बाटो घाटो हिँड्दा ।
बिना नाता पनि आफ्नो साली भन्दै छेँडे ।।
थाहा थियो तिम्रो खुशी मेरो समर्थनमा ।
खुच्चिङ मार्दै बजाई ताली भन्दै छेँडे ।।
नबोलेर ट्याप्प मुख टाली भन्दै छेँडे ।।
~कन्याम ईलाम
~हाल- क्वालालम्पुर ।