गैंती बेल्चा चलाउने मजदुर हामी
ढुंगा माटो गलाउने मजदुर हामी !
सेंची आफ्नो पसिनाले यो बन्जड भुमि
हिरा मोति फलाउने मजदुर हामी !
उठौ जुटौ कर्मथलो एकाकार भइ
कुविचार जलाउने मजदुर हामी !
कर्मबीर यौद्धा हामी ईतिहांस भन्छ
अत्याचार ढलाउने मजदुर हामी !
हेक्का रहे सधैं यहाँ पुँजीपति वर्ग
पुँजीवाद थालाउने मजदुर हामी !