गजल भित्रको बहरमा तिम्रै नाम छ ।।
यि मेरा प्रत्यक रहरमा तिम्रै नाम छ ।।
म लेख्छुँ गजल रुदै-रुदै तिम्रो यादमा,
कसम.! सप्नाको लहरमा तिम्रै नाम छ ।।
तिम्रै नाम् जप्दछुँ भक्कानो फुट्दा मनमा,
प्रभाती किरणको प्रहरमा तिम्रै नाम छ ।।
शिन्दुरले मुल् ढोका बन्द गरी पराई भयौ,
म रुँदा आँशुको नहरमा तिम्रै नाम छ ।।
अचेल गाँउदेखी शहरमा तिम्रै नाम छ ।।
आँफैले आँफैलाई सिध्याउन खोजेँ कती,
र पनि सकीन जहरमा तिम्रै नाम छ ।।