गल्ति बिना व्यर्थै चोट दियौ किन?
पछुताउँदै फेरी आँशु पियौ किन?
तिमी बिना मरी जान्छु भन्थ्यौ नि,
चोखो प्रीतको बदला लियौ किन?
कसम तोडी रम्दै-रम्दै गएका थ्यौ
तड्पी-तड्पी सम्झनामै जियौ किन?
जुनी-जुनी साथै हुन्छु भन्ने मान्छे
पराईको काखमा रम्दै थियौ किन?
आफ्नै मुटु रेटी-रेटी खियौ किन?