गरे रै पो छाड्यौ युद्द राष्ट्र लुट्ने दाउमा
हान्यौछुरा तिमीआफ्नै आमाको त्यो पाउमा ।
अत्याचारी तिमीले नै दुखायौ यो नेपाल
अज धस्छौ बिष किन पुरानो त्यो घाउमा।
ठग्नै ठग्यौ नेपालीलाई त निकम्मा तिमीले
गर्छु भन्दै यो देशको बिकासका नाऊमा।
कति क्रुर रै'छौ बेच्यौ सोजा सिदा नेपाली
हेरी-हेरी तिमीले त ठुला साना भाऊमा ।
हिजसम्म दु:खपा'को भुल्यौ क्यारे गाउँमा।