गरिब छु हिजो पनि थिएँ साथी ।
जिन्दगीमा थुप्रै आँशु पिएँ साथी ।
जीवित यो प्राण राख्न मैले यहाँ
श्रम गरि हात खुट्टा खिएँ साथी ।
संसार नै झुटा रै'छ मायाँमा त
फाटे मन एक्लै बसी सिएँ साथी ।
वाद्द्यतामा परी मर्न नसक्दामा
अरुको नै खातिर म जिएँ साथी ।
तर बद्ला मैले चोट लिएँ साथी ।