गजल भनौ या कविता,लेख्छु टुक्का मिलाई!
सम्झिएर मनै भरी, चोट दिने बैगुनीलाई !!
अरु कै भो साथ प्यारो,अरु कै भो माया मिठो,
हिमालको हिंऊझै गरी मेरो माया गयो बिलाई!!
सियोले नि सिउनै हुन्न,मायाको त धागै चुड्यो,
चोट्हरूले फाटेको मन, अब केले राखु सिलाई!!
खुकुरीको चोट सम्झी, रोईरहेछु अचानो भई,
गर्नु गर्यो पापीनीले, जिंदगीभर आँशु पिलाई!!