गाउँ-बस्ति डुल्दा हुदि, हाम्रा विचमा कुरा हुन्थे
तिम्रा ति तर्कहरुले, हाम्रा मनका कुना छुन्थे॥
कसिला ति हातहरु, मिलाउदा नि मख्ख हुन्थे
तिम्रा ति भावनाले, हाम्रा मनका कुना छुन्थे॥
शहर पस्यौ गाउँ भुल्यौ,जाहाँ तिम्रा सरीर डुल्थे
फजुल रहेछन् ति तर्क, जो मनका कुना छुन्थे॥
वाचा-कवोल बिर्स्यौ सवै, जो याहाँ व्यक्त हुन्थे
ढोङ्ग रहेछन् ति भावना, जो मनका कुना छुन्थे॥
सत्ता चड्ने भर्याङ् रैछन्,जो मनका कुना छुन्थे॥