घाम को पहिलो प्रहर ले पुर्व मुस्काउछ ।
मोतिदाना झुल्ने रहर ले पुर्व मुस्काउछ ।।
हिमाली पहाडी मधेसी सबै भाई भाई हौं ।
एउटै हौं भन्ने ठहर ले पुर्व मुस्काउछ ।।
लेक बेशी तराइ फाँट हरु उर्वर छन ।
सिंचाइत्यो बग्ने नहर ले पुर्व मुस्काउछ।।
गाउबस्ती मा अनी सुन्दरशान्त नगरिको।
मन लोभ्याउने शहर ले पुर्व मुस्काउछ ।।
हामी जहाँ जाउँ जता जाउँ मनत उहिछ ।
गीत र गजल वहर ले पुर्व मुस्काउछ ।।