घाँटी हेरि हाड निले त, दशैँ दशा हुन्थ्यो किन?
ॠणै ॠणमा च्यापिएर, मान्छे यँहा रुन्थ्यो किन?
सँस्कारलाई सँस्कारकै, रुपमा नै मान्न सके,
बिकृती र बिसङ्गतले जताततै छुन्थ्यो किन?
देखा सिकि बन्द गरेर, आफु सक्दो बनाएत,
चोरि डकैत यि यावतको, समाचार सुन्थ्यो किन?
महङ्गिले आकाशलाई, चुम्न हतार नगरेमा,
हुँदा खने असक्षमले, मृत्युलाई चुन्थ्यो किन?
अराजक र अशान्तले, यँहा जाल बुन्थ्यो किन?