घुम्दै थिए आज याद तिम्रै आउंदै थियो
आँखा भरी कालो बादल नै छाऊँदै थियो ।।
वरी परी सबै थिए खुसि बनेर जोडी
मुटु मेरो मन खोज्दै उतै धाऊँदै थियो ।।
रंग छर्ने प्रेमी गाई प्रेम गीत नै सँधै
ओठ मेरा खुल्थे गीत कतै गाऊँदै थियो ।।
खुल्थे फुल फुल्ने बैंश तिमी छैनौ यहाँ
बन्द थिए आशा प्रीत तिम्रै लाउँदै थियो ।।
मन मनै माग्थे तिम्रा प्रेम रस मैले
भुल्थे तिमी सितै मात तिम्रै पाउँदै थियो ।।