घुम्टो ओढाई लैजाउ भन्थे, उन्ले आउन मानिन्,
खोटो हो की कर्म मेरो,माया मैले लाउन जानिन ??
सिन्दुर,पोते,चुरा,धागो किनिल्याए उनलाई भनी,
लेक,बेशी,मेला,पात शायद मैले, धाउन जानिन ।।
मेरो आशा हरु सुनगाभा झै, सधैं यहाँ फुली दिदा,
बिरह मा गाउन खोजे, रोधिघरमा गाउन जानिन ।।
शिशीर पछी बषन्त झै, आचल भित्र बस्न खोजे,
एकनास भई उनको जिन्दगीमा मैले आउन जानिन ।।
खोटो हो कि कर्म मेरो माया मैले लाउन जानिन ।।