गिटी कुटे झै कुट्नेहरु कुटिरहेछन दार्जिलिङलाई
बर्मा लुटे झै लुट्नेहरु लुटिरहेछन दार्जिलिङलाई ।
हाँस भने हाँस्दै नाच भने नाचिरहेछन सोझासाझा
कोदो चुटे झै चुट्नेहरु चुटिरहेछन दार्जिलिङलाई ।
पिल्सिएर जनता यहाँका अस्त ब्यस्त भइरहेछन
माछा भुटे झै भुट्नेहरु भुटिरहेछन् दार्जिलिङलाई ।
गिटी कुटे झै कुट्नेहरु कुटिरहेछन दार्जिलिङलाई
बर्मा लुटे झै लुट्नेहरु लुटिरहेछन दार्जिलिङलाई ।।