गुण हेर सुन्दर त्यो मुहार नमाग
छिन भर सिगाँरीने जुहार नमाग
हेर्दा राम्रो भए पनि स्वर्थ हुन्छ जुनमा
बिर्सेर नि तिमीले त्यो उपहार नमाग
नपलाउदै पालुवा ति झर्न थाल्छन जहा
त्यही ठाउमा हरीयाली बाहार नमाग
जानि जानि खाल्डो भित्र पसिसके पछि
जिन्दगीलाई माया मानि गुहार नमाग
छिन भर सिगाँरीने जुहार नमाग