गुण लगाई चरी ले, बासै सर्यो किन भन्छौ ?
बाध्यताले छुटिएथ्यौ, आसै मर्यो किन भन्छौ ?
आफ्नो भनी सम्झेर, चाडै फर्की आउन लाग्दा
फक्रिएको फुलपनि, ओईली झर्यो किन भन्छौ ?
तीम्रै निम्ती बहार, मन भरी नै सगाले थे
पोख्नुअघी साराखुशी, अन्तै सर्यो किन भन्छौ ?
सिन्दुर पोते देखाएर, अर्कै को नाशो भन्दै
जुनीजुनी मेरोजीवन, मेची तर्यो किन भन्छौ ?
मेरीसानु!दैवले नै, यस्तो गर्यो किन भन्छौ ?