हारेर रुँदै बसेको छु आँशु दियो जिन्दगीले !
नयन धुँदै बसेको छु आँशु दियो जिन्दगीले !!
कैले दु:ख कैले सुख जीवन खेल बैमानिको !
पिरले छुँदै बसेको छु आँशु दियो जिन्दगीले !!
पीडाले मारी दिन्छ जिउंदै फुटे को भाग्य भित्र !
झरेर चुहुँदै बसेको छु आँशु दियो जिन्दगीले !!
दिल तोडी चुडाएर घात दिईस दैव मलाई !
गर्वमै तुहुँदै बसेको छु आँशु दियो जिन्दगीले !!
छता छुल्ल छोडी दिए आफैं भित्र घाऊ आज !
पाकेर कुहुँदै बसेको छु आँशु दियो जिन्दगीले !!