हात काटि दिउला संबिधान लेखेनौ भने ।
खुट्टा भाँची दिउला गरीबलाई देखेनौ भने ।।
चौतारीको छहारी बनिदिन्छु फलाक्यौ तिम्ले ।
ढाढ़ पनि भांचौला गाउँ घर टेकेनौ भने ।।
ग्रामीणको भेगमा छिरेपछि कुटाई खान्छौ ।
निरंग्कुश भएको साशनलाई मेटेनौ भने ।।
जनताको साशन जमीनको सिमामा हुन्छ ।
टाउकोको गिद्धिनै छरिएला छेकेनौ भने ।।
नेपालमा राज्यको बांडफांड हुदैछ बुझ्यौ ?
तिम्रो मुटु फोरेर खालारिती फेकेनौ भने ।।