हैन कास्की हैन ईलाम, घर मेरो बांके हजुर
पोखराको मायालुलाई, फकाउदा म थाके हजुर
रिसाएर हिडेपछि, ईसाराको के नै काम भो
त्यहि भएर उन्नलाई मैले, नामै काडि डाके हजुर
धरान जाउ भन्दै थियो, उर्लावारी बस्ने माया
कतै पस्ने मन भएन, दार्जलिङ नै ताके हजुर
सबैका ति मनोकामना, पुरा गर्ने भगवानलाई
अर्को जुनि उनि सगै, परु भनि भाके हजुर
माया गर्ने सबैको त्यो मन बुझाउन गाह्रो हुँदा
कसैलाई केहि नभनि, आफैले रथ हाँके हजुर