हजुरको माया,सम्झना मेरो बाँच्ने आधार हो!
हिफाजत गर्नु आँखामा त्यही मेरो संसार हो!
मरे तुल्य हुन्छु म तिम्रो आहट नसुन्दा सम्म!
फुल्नु अनी फुलाउनु तिमी नै मौसम वहार हो!
को ठुलो को सानो यहाँ धन पैसाले चिनिएर!
मानिस सुन्दर त हुन्छनै ठुलो मन,विचार हो!
के युवा?के युवती? पलायन छन् बेरोजगार भै!
देश छोडी विदेशिनु सरकार नै जिम्मेवार हो!
के पायौ?के गुमायौ?देश वासी तिमीहरुनै भन?
जिताएर नेता बनाई माथी पुगाउनु बेकार हो!