हामी नेपाली हौ गर्व गरौ, सगरमाथा शिर ले ।
हाम्रोआमा रुन्दैछिन रे,सन्तानहरु को पिर ले ।।
वर्षायाम को भेलसङ्गै,पराई को आक्रमण मा ।
अहिले मेची काली रुन्दैछ रे,छिमेकीको पिर ले ।।
आज आफन्तको झगडाले,स्वच्छ हावा नपाउदा ।
यहाँ फेवा रारा सुक्दैछ रे, दुर्गान्ध को पिर ले ।।
हिजो सम्म शान्ती नेपाल,किन आज हाहाकार ।
लुम्बिनी त्यो दुख्दैछ रे, आतङ्क को पिर ले ।।
कुम्भकर्ण झुक्दैछ रे, आफ्नै घर को पिर ले ।।