हाम्रो देशमा लासहरुको जुलुस हुन्छ संधैं
हर कदम खास'हरुको जुलुस हुन्छ संधैं
काम गरेनि उचित दाम पाइदैन कहिल्यै
साँझ बिहान गाँसहरुको जुलुस हुन्छ संधैं
कोहि सुत्छन् आलिसान महलमा मग्नसंग
गल्लि-गल्लीमा दासहरुको जुलुस हुन्छ संधैं
सबै धाउँछन् बिचरा हाकिमको घर दैलोमा
भित्रि मनमा आशहरुको जुलुस हुन्छ संधैं