हान्यौ लात टुक्रियो मन, धिक्कार छ तिमीलाई ।
चोटै चोट बल्झियो झन, धिक्कार छ तिमीलाई ।
मुटु भरी माया दिएँ, जिवन सुम्पेकै त थिएँ,
छोड्यौ आज मेरो आगन, धिक्कार छ तिमीलाई ।
आँशुको ताल भयो, यो कस्तो बबाल भयो,
फिर्ता देउ मेरो चुम्बन, धिक्कार छ तिमीलाई ।
अचानोमा पारी गयौ, जिउने आश मारी गयौ,
अलग भयो एउटै धड्कन, धिक्कार छ तिमीलाई ।
कसरी जिउछ 'मिलन', धिक्कार छ तिमीलाई ।